महिला हिंसाका ७१ प्रतिशत घटना घरभित्रै !

विराटनगर, ५ जेठ । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग विवाहित जीवनको पीडादायी अनुभव छ । उनको श्रीमान्सँग विवाह भएको २ वर्षसम्म सम्बन्ध राम्रो नै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो । श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थें [...] The post महिला हिंसाका ७१ प्रतिशत घटना घरभित्रै ! appeared first on Jhapa Online.

May 19, 2025 - 16:28
 0
महिला हिंसाका ७१ प्रतिशत घटना घरभित्रै !

विराटनगर, ५ जेठ । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग विवाहित जीवनको पीडादायी अनुभव छ । उनको श्रीमान्सँग विवाह भएको २ वर्षसम्म सम्बन्ध राम्रो नै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो ।

श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थें । गालीगलौजबाट सुरु भएको हिंसा कुटपिट हुँदै ज्यान लिनेसम्म अवस्थामा पुग्यो । कति पटक कुटपिट गर्दा प्रहरीसम्म लग्यौं, तर उसको व्यवहारमा केही परिवर्तन भएन,’ रमिलाले भनिन् ।

एक दिन भान्सामा काम गर्दै गर्दा उनका श्रीमानले अचानक रोटी बेल्ने काठको बेलनाले हिर्काए । जसले गर्दा उनको मुख सुनियो र ओठ काटियो । छिमेकीहरू चिच्याएको सुनेर आए र प्रहरी बोलाए । घरभित्रै हिंसामा पर्ने रमिला एक प्रतिनिधि पात्र हुन् ।

यही परिस्थिति २९ वर्षीय सिर्जना (परिवर्तित नाम) ले पनि भोगिन् । विवाह भएको १ महिना नबित्दै उनका श्रीमानको व्यवहार बदलियो । सिर्जनालाई कोठामा राख्ने, आफू बाहिर अरू महिलाहरूसँग घुम्ने, डुल्ने र सम्बन्ध राख्ने गरेका उनका श्रीमानको व्यवहारमा कुनै सुधार आएन ।

वैदेशिक रोजगारीबाट फर्किए पछि पनि उनीहरूको सम्बन्धमा सुधार भएन । हिंसा त्यति बेला चरम सीमामा पुग्यो जब सिर्जनाले उनका श्रीमानसँग बच्चा जन्माउने कुरा गर्दा कुटपिट गरी घरबाट निस्केको व्यक्ति आजसम्म सम्पर्कमा आएको छैन ।

कोशी प्रदेशका तीन जिल्लाको पछिल्लो एक तथ्याङ्कले सबैभन्दा बढी महिला हिंसा हुने ठाउँ आफ्नै घर रहेको खुलेको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सङ्कलित तथ्याङ्क अनुसार, २०८१ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्च २०२५) मा कोशी प्रदेशका तीन जिल्ला उदयपुर, सुनसरी र मोरङमा ८४ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये ७१ प्रतिशत घरेलु हिंसाका घटना रहेको उल्लेख छ ।

सबैभन्दा बढी हिंसा (६४ प्रतिशत) श्रीमानबाट भएको छ, जसले परिवारिक संरचना भित्र हुने हिंसाको गम्भीरतालाई उजागर गर्दछ । उमेरका आधारमा विश्लेषण गर्दा २६–३५ वर्षका महिलाहरू (३४ प्रतिशत) सबैभन्दा बढी हिंसाबाट प्रभावित भएका छन् । त्यसपछि १८ वर्ष भन्दा मुनिका किशोरीहरू (२० प्रतिशत) र १९–२५ तथा ३६–४५ वर्ष उमेर समूहका महिलाहरू (१८ प्रतिशत) रहेका छन् ।

पेशागत विवरण हेर्दा, घरायसी काममा संलग्न महिलाहरू (३१ प्रतिशत) र विद्यार्थीहरू (२० प्रतिशत) सबैभन्दा धेरै हिंसाको शिकार भएको देखिन्छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) का संयोजक शोभा बजगाईंको विचारमा ‘घरेलु हुने हिंसा एक गम्भीर सामाजिक समस्या हो जुन पितृसत्तात्मक सोच र असमान शक्ति सम्बन्धहरूका कारण उत्पन्न हुन्छ ।’ ‘सबैभन्दा सुरक्षित हुनु पर्ने घर भित्रै हिंसात्मक व्यवहार हुँदा महिलाहरूको लागि सुरक्षित जीवनयापनको विकल्प के त ?,’ बजगाईँले भनिन् ।

घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ । यसका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । रातोपाटीबाट

The post महिला हिंसाका ७१ प्रतिशत घटना घरभित्रै ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register