परशुराम धाममा साहित्य महोत्सवको रौनक, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले यही फागुन २२ र २३ गते परशुराम धाममा परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। आयोजकका अनुसार, महोत्सवको सञ्चालन चर्चित टिभी प्रस्तोता समा थापाले गर्नेछिन्। महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने […]

Mar 5, 2025 - 13:05
 0
परशुराम धाममा साहित्य महोत्सवको रौनक, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले यही फागुन २२ र २३ गते परशुराम धाममा परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ। कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्।

आयोजकका अनुसार, महोत्सवको सञ्चालन चर्चित टिभी प्रस्तोता समा थापाले गर्नेछिन्। महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

परशुराम नगरपालिकाका मेयर भरत जोशी, जो देशकै कान्छा र वैज्ञानिक मेयरको रूपमा परिचित छन्, ले यो महोत्सवले स्थानीय कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए। मेयर जोशीले भने, ‘परशुराम धामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्न र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो महोत्सव महत्वपूर्ण हुनेछ ।’

महोत्सवमा कला, संस्कृति, खेलकुद, साहित्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय कला र संस्कृतिको प्रदर्शन, राष्ट्रियस्तरका साहित्यकारहरुको उपस्थिति र अन्तरक्रिया, स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।

परशुराम नगरपालिकाले आयोजना गरेको सो महोत्सवले स्थानीय जनतामा उत्साह जगाउनुका साथै यसले डडेल्धुराको पर्यटन विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register