नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज । नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई टाइब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो । खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धेकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि […]

Mar 5, 2025 - 14:41
 0
नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज । नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई टाइब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो ।

खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धेकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो । नेपाल पुलिस क्लब आगामी फागुन २४ गते फाइनल खेल खेल्दैछ । नेपाल पुलिस क्लब गत वर्षको वीरगञ्ज गोल्डकपको विजेता टोली पनि हो ।

यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register