हाउस अफ लर्ड्समा २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपाली कविता वाचन

लण्डन- बेलायती संसदको हाउस अफ लर्ड्समा २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस भव्यताका साथ मनाइएको छ । गत ४ मार्चमा ब्यारोनेस गार्डेन अफ फ्रोग्नलले संस्कृति सेन्टर लण्डनको तत्वावधानमा उक्त बहुभाषिक कार्यक्रम आयोजना गरेकी हुन् । फ्रोग्नलले वैहुभाषिक कविता गोष्ठीले मातृभाषाप्रतिको लगाव र स्वपहिचानको अनुभूति हुने हुँदा यस्तो कार्यक्रमको महत्त्व अझ बढ्ने बताइन् ।  संस्कृति सेन्टरकी प्रा. […]

Mar 5, 2025 - 14:34
 0
हाउस अफ लर्ड्समा २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपाली कविता वाचन


लण्डन- बेलायती संसदको हाउस अफ लर्ड्समा २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस भव्यताका साथ मनाइएको छ । गत ४ मार्चमा ब्यारोनेस गार्डेन अफ फ्रोग्नलले संस्कृति सेन्टर लण्डनको तत्वावधानमा उक्त बहुभाषिक कार्यक्रम आयोजना गरेकी हुन् ।

फ्रोग्नलले वैहुभाषिक कविता गोष्ठीले मातृभाषाप्रतिको लगाव र स्वपहिचानको अनुभूति हुने हुँदा यस्तो कार्यक्रमको महत्त्व अझ बढ्ने बताइन् । 

संस्कृति सेन्टरकी प्रा. डा. रागसुधाले साउथ इस्ट एसिया भाषिक विविधताले समृद्ध रहेकाले यस्तो कार्यक्रमले त्यसको सेलेब्रेसन हुने बताइन्। 

उक्त समारोहमा सोआस लन्डनका भाषाशास्त्री प्राध्यापक पिटर अस्टिन, भुटानका अनररी कन्सुल एन्ड्रीयू सटन लगायत विशिष्ट कवि, लव्धप्रतिष्ठित भाषाशास्त्री एवं राजनैतिक व्यक्तित्वको समेत उपस्थिति थियो। 

लामो समय मातृभाषाको अनुसन्धानमा समय बिताएका प्राध्यापक अस्टिनले लोपोन्मुख भाषाबारे चिन्ता र चासो व्यक्त गर्दै आफूले अध्ययन अनुसन्धान गरेकामध्ये अस्ट्रेलियाको एक लोपोन्मुख भाषाको एकमात्र जीवित ९२ वर्षीय अन्तिम वक्ता हिजो भर्खर बितेकोमा दुःख मनाउ गरे । 

उनले मातृभाषा संरक्षणमा अब बहुभाषिकताको माध्यम अपनाउनु पर्ने र आयोजित समारोहमा यो स्पष्ट मुखरित भैरहेको बताए। 

समारोहमा विभिन्न भाषाका २५ कविता अंग्रेजी अनुवादसहित वाचित भए। लण्डननिवासी नेपाली साहित्यकार दुर्गाप्रसाद पोख्रेलले मातृभाषाको महत्वका सम्वन्धमा आफ्नो भनाइसहित नेपाली भाषाको कविता वाचन गरेका थिए।

उनले हालसालै भारतमा सम्पन्न कुम्भमेलाको सन्दर्भ जोड्दै सूक्ष्मरुपकै भएपनि पार्लियामेण्टमा आयोजित मातृभाषाको कुम्भमेलामा सहभागी हुने सबै बधाईको पात्र भएको र जहाँ भएपनि आ-आफ्नो मातृभाषाको सम्मान गर्न अग्रसर हुनुपर्ने बताए । 

समारोहमा वाचित विभिन्न भाषाका २५ कविता समेटिएको संयुक्त संग्रह राइम एन्ड रिसोनेन्सको विमोचन समेत गरिएको थियो । आयोजकले कविहरूलाई प्रशंसा पत्र दिएर समारोह समापन गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register