तीनकुनेमा सभा गर्ने राजावादीको बहाना मात्रै थियो : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले तीनकुने क्षेत्रमा शुक्रवार सभा गर्ने बहाना मात्रै भएको बताएका छन् । शनिवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रवक्ता महतले नियोजित हिसाबले हिंसात्मक प्रदर्शन गरिएको बताए । ‘तीनकुनेमा बहाना मात्रै रहेछ । (दुर्गा) प्रसाईंले प्रहरीलाई नै किच्न खोज्दै गाडी चलाएको […]

Mar 29, 2025 - 14:07
 0
तीनकुनेमा सभा गर्ने राजावादीको बहाना मात्रै थियो : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले तीनकुने क्षेत्रमा शुक्रवार सभा गर्ने बहाना मात्रै भएको बताएका छन् । शनिवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रवक्ता महतले नियोजित हिसाबले हिंसात्मक प्रदर्शन गरिएको बताए ।

‘तीनकुनेमा बहाना मात्रै रहेछ । (दुर्गा) प्रसाईंले प्रहरीलाई नै किच्न खोज्दै गाडी चलाएको दृश्य सामाजिक सञ्जालमा नै देखिन्छ,’ उनले भने । अश्रु ग्यांस प्रहार गरिएको भन्ने कुरामा पनि सत्यतता नभएको बताए । गृहमन्त्री रमेश लेखकले उनीहरूको सभा गर्ने भनिएको ठाउँ तीनकुने क्षेत्रमा अश्रु ग्यांस प्रयोग नगरिएको जानकारी दिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register