ग्यासमा कमिसन वृद्धिको संसद्‌मा विरोध, संसदीय समितिको निर्देशन अटेरमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले ग्यास सिलिण्डरमा कमिसन बढाउँदै उपभोक्तालाई मारमा पार्न खोजेको भन्दै विरोध जनाएका छन् । संसद्को आकस्मिक समयमा बोल्दै उनले सरकार कमिशनखोर व्यवसायीको पक्षपोषणमा लागेको बताए ।‘व्यवसायीहरूले कमिसन पाँच प्रतिशतसम्म बढाउन लागिपरेका थिए । सरकारले १.५  प्रतिशत बढाइदियो । कमिसन बढाउनुपर्‍यो भन्ने व्यवसायी खोजी खोजी सरकार हिँडिरहेको छ,’ […]

Mar 6, 2025 - 08:38
 0
ग्यासमा कमिसन वृद्धिको संसद्‌मा विरोध, संसदीय समितिको निर्देशन अटेरमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले ग्यास सिलिण्डरमा कमिसन बढाउँदै उपभोक्तालाई मारमा पार्न खोजेको भन्दै विरोध जनाएका छन् ।

संसद्को आकस्मिक समयमा बोल्दै उनले सरकार कमिशनखोर व्यवसायीको पक्षपोषणमा लागेको बताए ।‘व्यवसायीहरूले कमिसन पाँच प्रतिशतसम्म बढाउन लागिपरेका थिए । सरकारले १.५  प्रतिशत बढाइदियो । कमिसन बढाउनुपर्‍यो भन्ने व्यवसायी खोजी खोजी सरकार हिँडिरहेको छ,’ उनले भने ।

सिमेन्टको मूल्यवृद्धि हुँदा पनि सरकार निरीह बनेको भन्दै उनले आपत्ति व्यक्त गरे । ‘सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य नबढाउन सरकारलाई निर्देशन दिएको थियो । आज उद्योग मन्त्री पनि यहीँ हुनुहुन्छ। समितिको निर्देशन किन पालना भएको छैन?’ उनले प्रश्न गरे ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल एलपी ग्यास उद्योग संघका पदाधकारीबीच फागुन २० गते कमिसन वृद्धिको सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा टायर बाल्नेहरू पनि सांसद भएपछि मूल्यवृद्धिमा चुप रहेको उनले बताए । ‘तेलको भाउ एक रुपैयाँ बढ्दा पनि टायर बाल्ने अखिलका दाइहरू अहिले सांसद हुनुभएको छ । मूल्यवृद्धि हुँदा किन चुप लाग्नुभएको?’ उनले प्रश्न गरे ।

सरकारले उपभोक्तालाई निरन्तर मारमा पारेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register