अमेरिका हिँडेका दाङका पूर्णबहादुरको घानामा मृत्यु

काठमाडौं । तल्लो बाटो हुँदै अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको मृत्यु भएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत थापाले भने, “अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ ।” थापाकाअनुसार डाँगीको शव पोस्टमार्टम र […]

Mar 6, 2025 - 11:05
 0
अमेरिका हिँडेका दाङका पूर्णबहादुरको घानामा मृत्यु

काठमाडौं । तल्लो बाटो हुँदै अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको मृत्यु भएको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत थापाले भने, “अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ ।”

थापाकाअनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि आकरास्थित एक अस्पतालमा राखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै गैर कानुनी आप्रवासी डिपोर्टलाई तीव्रता दिइरहेका छन् । गैरकानुनी रूपमा बस्दै आएका ९ नेपालीलाई अमेरिकाले बुधवार नेपाल स्वदेश फर्काएको थियो ।

ट्रम्पको  दोस्रो कार्यकाल सुरु भएयता हालसम्म ३५ नेपाली डिपोर्ट भएका छन् । केही दिनअघि सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले आप्रवासीहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि खतरनाक रहेको बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register