पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले छेक्दैन : प्रचण्ड

मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन तथा अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नछेक्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने,’ संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन रोक्ने हाम्रो केही पनि छैन ।’ […]

Apr 20, 2025 - 11:20
 0
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले छेक्दैन : प्रचण्ड

मोरङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन तथा अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नछेक्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने,’ संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन रोक्ने हाम्रो केही पनि छैन ।’

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीको सीपाहीका रूपमा काम गर्ने इच्छा व्यक्त गरेपछि उनलाई जिम्मेवारी दिइएको प्रचण्डे बताए । पुन हाल माओवादी केन्द्रका उपाध्यक्ष छन् । प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजीनितिमा आउँदा कुनै फरक नपर्ने बताए । प्रचण्डले गणतन्त्र बचाउने सवालमा तीन दलबीच कुनै विमति नरहेको बताएका छन् ।

जनाआधारका हिसाबले पनि गणतन्त्रमा हाल खतरा नरहेको उनले बताएका छन् । ‘उहिले देखि नै सहमति नै छ नि । दलहरूको बीचमा त उहिले पनि त असहमति थिएन। अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न पनि जरुरी छैन, जनआधारको दृष्टिले जनमतको दृष्टिले पनि,’ उनले भने ।

व्यवस्था जोगाउने विषयमा वर्तमान गठबन्धनसँग सहकार्य गर्ने भएपनि अन्य मुद्दामा समर्थन नरहेको प्रचण्डले बताए । ‘अहिलेको गठबन्धनलाई समर्थन बिलकुल होइन, त्यो भ्रम नपरोस्। हिजो भेट भएपछि लौ समर्थन भयो रे । यही गठबन्धनमा पनि जाने भयो कि भनेजस्तो चर्चा भएका छन्। यो गठबन्धनमा जाने कुरा र यो गठबन्धनलाई समर्थन गर्ने कुरा कदापि हुन सक्दैन,’ उनले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register