सतासीधाममा फक्ताङलुङका विद्यार्थी : बुझे इतिहास, दिए पशु आहारका लागि सहयोग

दुर्गापुर, २२ फागुन । झापाको कनकाई नगरपालिका–७ स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीले शिवसताक्षीस्थित सतासीधामको अवलोकन भ्रमण गरेका छन् । फाउण्डेशनको कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमण अन्तरगत आज सतासीधामको अवलोकन भ्रमण गरेका हुन् । सामाजिक विषयमा परियोजना कार्य अन्तर्गत विद्यार्थीले अवलोकन भ्रमण गरेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । शिक्षक सिर्जना लिम्बू र एन्जल [...] The post सतासीधाममा फक्ताङलुङका विद्यार्थी : बुझे इतिहास, दिए पशु आहारका लागि सहयोग appeared first on Jhapa Online.

Mar 6, 2025 - 15:21
 0
सतासीधाममा फक्ताङलुङका विद्यार्थी : बुझे इतिहास, दिए पशु आहारका लागि सहयोग

दुर्गापुर, २२ फागुन । झापाको कनकाई नगरपालिका–७ स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका विद्यार्थीले शिवसताक्षीस्थित सतासीधामको अवलोकन भ्रमण गरेका छन् ।

फाउण्डेशनको कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमण अन्तरगत आज सतासीधामको अवलोकन भ्रमण गरेका हुन् । सामाजिक विषयमा परियोजना कार्य अन्तर्गत विद्यार्थीले अवलोकन भ्रमण गरेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

शिक्षक सिर्जना लिम्बू र एन्जल पोखरेलको नेतृत्वमा भएको अवलोकन भ्रमणमा धाम परिसरमा रहेको गौशालामा गौं माताको आहारका लागि आर्थिक सहयोग समेत गरिएको थियो । अवलोकन भ्रमणबाट विद्यार्थीमा प्राणीप्रतिको प्रेम र सेवा भावको विकास भएको सामाजिक शिक्षक एन्जल पोखरेलले बताउनुभयो ।

विद्यार्थीहरुले गौशालाका संरक्षक गुरु र स्थानीयबासीसँग सतासीधामको इतिहास र हालका विकासका योजनाहरुबारे अन्तरक्रिया र छलफल समेत गरेका थिए। उनीहरुले सतासी झरना र धाम वरपर रहेका अनेकौं प्रजातिका वनस्पतिको अवलोकन गर्नुका साथै मनोरञ्जन समेत गरेको जनाइएको छ ।

The post सतासीधाममा फक्ताङलुङका विद्यार्थी : बुझे इतिहास, दिए पशु आहारका लागि सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register