आगामी तीन दिन कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

झापा, २२ पुस । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम [...] The post आगामी तीन दिन कहाँ छ वर्षा र हिमपातको सम्भावना ? appeared first on Jhapa Online.

Jan 6, 2025 - 01:45
 0
आगामी तीन दिन कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

झापा, २२ पुस । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

आज बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

The post आगामी तीन दिन कहाँ छ वर्षा र हिमपातको सम्भावना ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register