मोटरसाइकल दुर्घटनाबाट काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

दमौली । तनहुँमा मोटरसाइकल दुर्घटनाबाट नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको हो । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर […]

Mar 9, 2025 - 06:21
 0
मोटरसाइकल दुर्घटनाबाट काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

दमौली । तनहुँमा मोटरसाइकल दुर्घटनाबाट नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको हो ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जीपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register