ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि अब खल्ती एप निःशुल्क चलाउन सकिने
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले एन्सेलसँग सहकार्य गर्दै आफ्ना प्रयोगकर्ताका लागि डिजिटल पहुँच विस्तार गरेको छ । अब एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि निःशुल्क खल्ती एप प्रयोग गर्न सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएकाले इन्टरनेट पहुँच नपुगेका ग्रामीण भेगका व्यक्तिहरूले डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज, डेटा तथा भ्वाइस प्याकेज खरिद गर्न सक्ने खल्तीले जनाएको छ । त्यस्तै सहर तथा अन्य स्थानका प्रयोगकर्ताका लागि पनि आपतकालीन अवस्थामा यो सेवा निकै उपयोगी ब...

What's Your Reaction?






