कोशीमाथि लुम्बिनीको जित, अजय लिए फाइफर विकेट
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले कोशीलाई २६ रनले पराजित गरेको हो । २०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपालियाले ३५ र चिराग साहले ३१ रन बनाए । लुम्बिनीका […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले कोशीलाई २६ रनले पराजित गरेको हो ।
२०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपालियाले ३५ र चिराग साहले ३१ रन बनाए ।
लुम्बिनीका लागि अजय चौहानले ५ विकेट लिए । उनले ८.४ ओभरमा ३२ रन खर्चेर फाइफर पूरा गरे। रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र नर सार्कीले ४५ रन बनाए ।
कोशीका लागि प्रकाश कार्की र दीपेश कंडेलले ३–३ विकेट लिए ।
What's Your Reaction?






