कोशीमाथि लुम्बिनीको जित, अजयको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशीलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले कोशीलाई २६ रनले पराजित गरेको हो । २०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपालियाले ३५ र चिराग साहले ३१ रन बनाए । लुम्बिनीका लागि […]

Mar 9, 2025 - 11:18
 0
कोशीमाथि लुम्बिनीको जित, अजयको फाइफर

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले कोशीलाई पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले कोशीलाई २६ रनले पराजित गरेको हो ।

२०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपालियाले ३५ र चिराग साहले ३१ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले ५ विकेट लिए । उनले ८.४ ओभरमा ३२ रन खर्चेर फाइफर पूरा गरे । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र नर सार्कीले ४५ रन बनाए ।

कोशीका लागि प्रकाश कार्की र दीपेश कँडेलले ३–३ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register