बिर्तामोडमा बिन्जु मिडिया कर्नरको कार्यालय स्थापना

बिर्तामोड, २५ माघ । बिन्जु मिडिया कर्नर प्रालिको कार्यालय स्थापना भएको छ । झापाको बिर्तामोड–३ स्थित सृजना टोलमा आफ्नै भवनमा कार्यालय स्थापना भएको छ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज कार्यालयको उद्घाटन गरेका हुन् । बिन्जु मिडिबया कर्नर प्रालिका सञ्चालक बिजय बरालको अध्यक्षतामा भएको कार्यक्रम स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक बरालले नै [...] The post बिर्तामोडमा बिन्जु मिडिया कर्नरको कार्यालय स्थापना appeared first on Jhapa Online.

Feb 7, 2025 - 16:13
 0
बिर्तामोडमा बिन्जु मिडिया कर्नरको कार्यालय स्थापना

बिर्तामोड, २५ माघ । बिन्जु मिडिया कर्नर प्रालिको कार्यालय स्थापना भएको छ । झापाको बिर्तामोड–३ स्थित सृजना टोलमा आफ्नै भवनमा कार्यालय स्थापना भएको छ ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज कार्यालयको उद्घाटन गरेका हुन् । बिन्जु मिडिबया कर्नर प्रालिका सञ्चालक बिजय बरालको अध्यक्षतामा भएको कार्यक्रम स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक बरालले नै पारेका थिए ।

सञ्चालक बरालले सञ्चारकर्मीका रुपमा आफुले गरेको सघर्षका बिषयमा जानकारी दिदै स्थापना गरिएको उक्त कार्यालयबाट भिडियो, अडियोसहित समाचारमुलक सामाग्री साथै कम्युनिकशनका सम्पूर्ण कार्य गरिने बताए ।

महासंघका संस्थापक महासचिव भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेले कार्यालय स्थापनाको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बिन्जु मिडिया कर्नर प्रालिका सञ्चालक रन्जु प्याकुरेल बरालले गरेकी थिइन् ।

The post बिर्तामोडमा बिन्जु मिडिया कर्नरको कार्यालय स्थापना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register