राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर एक लाख रुपैयाँ जरिवाना तिरेको छ । पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा आइतबार गरिएको र्‍यालीले सडक फोहोर गरेको र रुख विरुवामा क्षति पुर्‍याएको भन्दै महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाता तिराउने निर्णय गरेको थियो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहितका नेताहरु कमलादीस्थित कार्यालयमा […]

Mar 10, 2025 - 08:09
 0
राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा आइतबार गरिएको र्‍यालीले सडक फोहोर गरेको र रुख विरुवामा क्षति पुर्‍याएको भन्दै महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाता तिराउने निर्णय गरेको थियो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहितका नेताहरु कमलादीस्थित कार्यालयमा पुगेर जरिवाना तिरेको महानगरले बताएको छ ।

महानगरले राप्रपालाई यसअघि पनि जरिवाना तिराएको थियो । राप्रपाले २०८० चैत २७ मा भृकुटीमण्डपमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले पाँच हजार २२२ रुपैयाँ जरिवाना तिराएको थियो ।

राप्रपाले तिर्ने भयो महानगरको जरिवाना, एमालेले अझै तिरेन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register