जनयुद्ध दिवसमा बिदा दिने पालिकालाई सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिएका स्थानीय तहका प्रमुखलाई अवहेलना मुद्दामा जवाफ पेसका लागि आदेश दिएको छ । न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश दिएको हो । आदेशमा भनिएको छ,‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनुनपर्ने हो?’ […]

Mar 10, 2025 - 12:42
 0
जनयुद्ध दिवसमा बिदा दिने पालिकालाई सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिएका स्थानीय तहका प्रमुखलाई अवहेलना मुद्दामा जवाफ पेसका लागि आदेश दिएको छ । न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश दिएको हो ।

आदेशमा भनिएको छ,‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनुनपर्ने हो?’ माग बमोजिमको कारबाही हुनुपर्ने भए सोको मनासिब आधार, कारण र भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।’

सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजनिक बिदा नदिन आदेश दिए पनि केही पालिकाहरूले बिदा दिएका थिए । उनीहरूले पटक-पटक अदालतको अवहेलना गरेको भन्दै नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरुङ, अर्का नेता विनयध्वज चन्द, द्वन्द्वपीडितहरू ज्ञानेन्द्र आरण, चिरञ्जीवीवास गिरी, गङ्गामाया अधिकारी लगायतले कारबाहीको लागि रिट दायर गरेका थिए । जनयुद्ध दिवसका दिन ४५ वटा पालिकाले सार्वजनिक बिदा दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register