२ घण्टासम्म इसेवा डाउन, तर गाली खाने डरले सामान्य सूचना पनि निकालिएन 

काठमाडौँ । सोमबार दिउँसो करिब २ घण्टा डाउन भएको इसेवा पुनः सुचारु भएको छ । इसेवा प्लेटफर्म डाउन हुँदा सोमबार दिउँसो करिब २ घण्टा इसेवाको सबै सेवा अवरुद्ध भएको थियो ।  दिउँसो एकाएक इसेवा प्लेटफर्म नै डाउन हुँदा इसेवा लगइन नखुल्ने, खुले पनि लगइन नहुने समस्या देखिएको थियो ।  करिब २ घण्टा डाउन हुँदा अवरुद्ध […]

Mar 10, 2025 - 12:42
 0
२ घण्टासम्म इसेवा डाउन, तर गाली खाने डरले सामान्य सूचना पनि निकालिएन 

काठमाडौँ । सोमबार दिउँसो करिब २ घण्टा डाउन भएको इसेवा पुनः सुचारु भएको छ । इसेवा प्लेटफर्म डाउन हुँदा सोमबार दिउँसो करिब २ घण्टा इसेवाको सबै सेवा अवरुद्ध भएको थियो । 

दिउँसो एकाएक इसेवा प्लेटफर्म नै डाउन हुँदा इसेवा लगइन नखुल्ने, खुले पनि लगइन नहुने समस्या देखिएको थियो । 

करिब २ घण्टा डाउन हुँदा अवरुद्ध भएको इसेवाको सेवाहरु पछि पुनः सुचारु भएको थियो । तर, इसेवामा यति ठूलो समस्या आउँदा पनि इसेवामा सोमबार एउटा सामान्य सूचना समेत निकालेन । 

यसो त इसेवाले विगतमा सामान्य समस्या आउँदा पनि सो को जानकारी फेसबुक लगायतका सामाजिक सञ्जालमा गराउने गर्थ्यो । यतिसम्म की केही महिनाअघि मात्रै इसेवाले एक हप्तामै तीन-तीन पटकसम्म इसेवामा समस्या देखिएको र सेवा पुनः सुचारु भएको सूचना सार्वजनिक गरेको थियो । 

तर, बारम्बार बिग्रिन थालेपछी र प्रयोगकर्ताहरुले हदैसम्मको गाली गर्न थालेपछी इसेवाले यसपटक भने कुनै पनि सूचना ननिकालेको हो । यसो त इसेवाले सूचनाको ग्राफिक्स बनाउन छुट्टै मान्छे नै राखेको चर्चा समेत यसअघि चलेको थियो । तर, सूचना राख्दा गाली खाने डरले सोमबार इसेवामा सामान्य सूचना समेत ननिकालेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register