कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा

काठमाडौं । कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा विपक्षी दलहरूले  सधैँ लफडा गर्दै आएका छन् । मङ्गलवार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । मर्यादित सम्बोधन नभए बैठक बहिष्कार गर्ने प्रतिपक्षी दलहरूको चेतावनी छ । यसअघि काङ्ग्रेस प्रमुख प्रतिपक्षी रहँदा उसले पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा अवरोधको प्रयास गरेको थियो । पूर्वाञ्चल […]

Mar 11, 2025 - 05:48
 0
कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा

काठमाडौं । कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा विपक्षी दलहरूले  सधैँ लफडा गर्दै आएका छन् ।

मङ्गलवार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । मर्यादित सम्बोधन नभए बैठक बहिष्कार गर्ने प्रतिपक्षी दलहरूको चेतावनी छ । यसअघि काङ्ग्रेस प्रमुख प्रतिपक्षी रहँदा उसले पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा अवरोधको प्रयास गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहपछि दिउँसो २ बजे प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रदेश सरकारको अनुरोधमा कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका हुन् । कोशी प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनमा विपक्षी दलले सधैँ विवादित बनाउँदै आएको दृष्टान्त छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्नेभएपछि  नेकपा एमाले र नेपाली काङ्ग्रेसले  संसद्मा अनिवार्य उपस्थित हुन् आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन् ।  यता, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका प्रदेशसभाका विपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधन बहिस्कारको चेतावनी दिएका छन् ।

नेपालभ्युजसँग कुरा गर्दै  एकीकृत समाजवादीका कोशी संसदीय दलका नेता राजेन्द्र राईले प्रधानमन्त्रीको सम्बोधनको विषयमा प्रदेश सरकारले विपक्षी दलहरूलाई उपेक्षा गरेको आरोप लगाए ।

प्रधानमन्त्री हाम्रो लागी पाहुना हो । विपक्षी दलहरू सँग सल्लाह गर्नु पर्दैन थियो? यो समयमा आउँदै हुनुहुन्छ भनेर भन्नुपर्दैन राईले भने, ‘प्रदेश सरकारले हामीलाई नबुझेर उपेक्षा गरेको हो वा  जानीजानी गर्न खोजेको हो बुझ्न बाँकी छ । सरकारसँग छलफल गरेर के गर्ने निर्णय हुन्छ।’

मुख्यमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको सम्बोधनमा विपक्षी दललाई उपेक्षा गरिएको आरोप आधारहीन भएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्रीले कोसी सभामा सम्बोधन गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेरै मिति तय भएको सचिवालयले जनाएको छ ।

कार्यव्यवस्थामा सर्वसम्मत निर्णयपछि कोशी प्रदेशसभाका सभामुख मार्फत प्रधानमन्त्री ओलीलाई सम्बोधनका लागि निमन्त्रणा गरिएको सचिवालयले जानकारी दिएको छ । विपक्षी दललाई उपेक्षा गरिएको भन्ने कुरा राजनीतिक स्टन्ट मात्रै हो । सबै दल सम्मिलित कार्यव्यवस्था परामर्श समितिबाट निर्णय भए अनुसार नै प्रधानमन्त्रीलाई सम्बोधनका लागि बोलाइएको हो,’ सचिवालयका ती सदस्यले भने ।

प्रमुख विपक्षी  माओवादी केन्द्रका संसदीय दलका नेता  इन्द्र आङ्बोले भने प्रधानमन्त्रीले सम्बोधन गर्ने विषयहरू सरकारले स्पष्ट पार्नुपर्ने बताए  आङ्बोले भने ‘प्रधानमन्त्रीले गर्ने सम्बोधनका विषयमा मुख्यमन्त्रीसँग छलफलको कार्यक्रम तय भएको छ । हामी अहिले नै बहिस्कारको अवस्थामा छैनौँ ।’

प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले कोशी प्रदेश सभामा गर्न लागेको यो दोस्रो सम्बोधन हो । यसअघिको प्रदेशसभाको कार्यकालमा नेकपा नेतृत्वको सरकारमा  प्रधानमन्त्री रहेको बेला ओलीले तत्कालीन प्रदेश नम्बर एकको प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

त्यस बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनअघि  लफडा निम्तिएको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी  नेपाली काङ्ग्रेसले सम्बोधन  बहिस्कारको चेतावनी दिएको थियो ।

काङ्ग्रेसले  हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कारको चेतावनी दिएको थियो ।  सार्वजनिक कसुरुको अनुसन्धानमा  हिरासतमा रहेका सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङको रिहाइको माग काङ्ग्रेसले राखेको थियो ।

प्रधानमन्त्रीको सम्बोधनको गाँठो फुकाउन त्यति बेला सरकारकै पहलमा गुरुङलाई धरौटीमा छोडेपछि काँग्रेसले बहिस्कार गर्ने कार्यक्रम फिर्ता लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register