जलवाष्पयुक्त हावाको प्रभावले यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको हावाको प्रभाव देखिएको छ। यस प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा सामान्य बदली छ। कोशी, बागमती, […]

Apr 29, 2025 - 01:53
 0
जलवाष्पयुक्त हावाको प्रभावले यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको हावाको प्रभाव देखिएको छ।

यस प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा सामान्य बदली छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा अहिले पनि चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको समेत पूर्वानुमान गरिएको छ। यो अवस्था रातिसम्म जारी रहने  महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register