सरकारको आम्दानी कम, खर्च बढी 

काठमाडौँ । सरकारको आम्दानी भन्दा खर्च बढी भएको देखिएको छ ।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले सात खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ रहेको […]

Mar 11, 2025 - 07:39
 0
सरकारको आम्दानी कम, खर्च बढी 

काठमाडौँ । सरकारको आम्दानी भन्दा खर्च बढी भएको देखिएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले सात खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, यसअवधिमा सरकारको वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै रहेको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म सरकारको आन्तरिक राजस्व भन्दा खर्च बढी देखिए पनि सरकारको विभिन्न खातामा तीन खर्ब ५० अर्ब ७ करोड नगद मौज्दात रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register