धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा स्वर्णिम वाग्लेको आपत्ति, भने- ‘कसको प्रभावमा नियुक्त गरिएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई अस्वीकार गर्दै यस्तो बताएका हुन् ।  वाग्लेले सरकारले अहिले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् । सांसद […]

Mar 5, 2025 - 11:11
 0
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा स्वर्णिम वाग्लेको आपत्ति, भने- ‘कसको प्रभावमा नियुक्त गरिएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई अस्वीकार गर्दै यस्तो बताएका हुन् । 

वाग्लेले सरकारले अहिले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले वाइडबडमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखेको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाएको उल्लेख गरेका छन् । 

त्यस्तै, उनले अदालत समेत दलीय छायाँमा परेको भन्दै संवैधानिक निकायमा समेत भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्नेको दाबी गरेका छन् । त्यस्तै, वाग्लेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष कसको प्रभावमा नियुक्ति गरिएको हो भन्दै प्रश्नसमेत गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register