एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा खाता संचालन

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एनआईसी एशिया क्यापिटलले ‘वान- स्टप-सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ । यो सेवा गैर-आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा […]

Mar 11, 2025 - 08:12
 0
एनआईसी एशिया क्यापिटलद्वारा डायस्पोरा खाता संचालन

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एनआईसी एशिया क्यापिटलले ‘वान- स्टप-सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ ।

यो सेवा गैर-आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एनआईसी एशिया क्यापिटल मार्फत गर्न सकिने छ ।

उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ ।

यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर-आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु भएको कम्पनीले जनाएको छ ।

डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरु :

लन्च प्याड (स्टार्टअप आवश्यक)
कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार)
इक्विटी लगानी, इक्विटी/उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी सम्बन्धमा परामर्श ।

क्यापिटल एज (बजार पहुँच)
निष्काशन तथा बिक्री प्रबन्धक, आरटिए/आरटिएस सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।

इनसाइट३६० (परामर्श सेवा) 
वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।

परामर्श किन लिने 

-डायस्पोरा सँग सम्बन्धित सम्पूर्ण विषयमा ‘वान स्टप सोलुसन’ ।
-सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध ।
-कम्पनी स्थापना वा विस्तार, आइपीओ निष्काशन गर्ने देखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी सेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।

विदेशमा बस्ने कुनै पनि नेपालीले सोझै यो लिङ्कमा क्लिक गरि फारम भरेर सुरु गर्न सकिनेछ । यस सम्बन्धमा थप जानकारी वा सोधपुछको लागि, क्यापिटलको सम्पर्क नम्बर ०१–५७०५९९४, ०१–५७०५६६७, ०१–५७०५६७३, ०१–५७०५३३७ –इएक्सटि (२२७) इमेल ठेगाना ideatoipo@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register