नयाँ अध्ययनको निष्कर्षः स्मार्टफोन चलाउन कम गरेको ३ दिनमै मस्तिष्कमा सकारात्मक परिवर्तन आउने
काठमाडौं । तीन दिनसम्म स्मार्टफोन प्रयोग गर्न कम गर्दा पनि मस्तिष्कका क्रियाकलापमा सकारात्मक असर देखा पर्न थाल्ने गरेको पाइएको छ । जर्मनीको हेइडेलबर्ग विश्वविद्यालय र कोलोङ्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिरिएको हो । यस अनुसन्धानका लागि उनीहरूले १८ देखि ३० वर्ष उमेर समूहका २५ जना सहभागीहरूमाथि सर्वेक्षण गरेका थिए । सहभागीहरूलाई अति आवश्यक कुराकानी गर्न वा काम परेको अवस्था बाहेक ७२ घण्टासम्म फोन प्रयोग नगर्न भनिएको थियो । सहभागीहरूलाई अति आवश्यक समयमा बाहेक मोबाइल चलाउन नि...

What's Your Reaction?






