सरकारका व्यथितिले व्यवस्थाप्रतिको मोह भंग बढ्यो  : प्रचण्ड

काठमाडौं ।  प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका व्यथितिका कारण व्यवस्थाप्रति जनताको मोह भंग हुने क्रम बढेको बताएका छन् । संसदमा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाएको छ,’ उनले भने । सरकारको गलत क्रियाकलापविरुद्ध र लोकतन्त्रको रक्षा र प्रतिगमी […]

Mar 11, 2025 - 08:15
 0
सरकारका व्यथितिले व्यवस्थाप्रतिको मोह भंग बढ्यो  : प्रचण्ड

काठमाडौं ।  प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका व्यथितिका कारण व्यवस्थाप्रति जनताको मोह भंग हुने क्रम बढेको बताएका छन् । संसदमा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाएको छ,’ उनले भने ।

सरकारको गलत क्रियाकलापविरुद्ध र लोकतन्त्रको रक्षा र प्रतिगमी षड्यन्त्रविरूद्ध जुध्नुपर्ने बेला आएको उनले बताएका छन् । ‘इतिहासका विभिन्न कालखण्डका गौरवपूर्ण वलिदानबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ । जनताको बलिदानपूर्ण लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस गरिँदैछ । सरकारका गलत क्रियाकलापविरूद्ध लोकतन्त्रको लडाइँ लड्नुपर्ने भएको छ । अर्कोतिर प्रगितगामी षड्यन्त्रविरूद्ध जुध्नुपर्ने छ,’ उनले भने ।

मुलकमा आठ महिना अघिसम्म असन्तोष नभएको भन्दै उनले सकारकै कारणले नागरिकमा असन्तोष बढेको आरोप लगाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register