भारतको सहयोगमा त्रिभुवन माविको नयाँ भवन शिलान्यास

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३० हजार […]

Mar 11, 2025 - 15:27
 0
भारतको सहयोगमा त्रिभुवन माविको नयाँ भवन शिलान्यास

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ।

पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ४८ लाख ३० हजार रुपैयाँको लागतमा त्रिभुवन माध्यमिक विद्यालयको दुई तले भवन निर्माण हुन लागेको हो।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत कार्यान्वयन हुनेछ र इनरुवा नगरपालिकाले यसको व्यवस्थापन गर्नेछ।

सन् १९५८ मा स्थापित त्रिभुवन माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। हाल यस विद्यालयमा ७५० जना विद्यार्थीहरू अध्ययनरत छन्, जसमा ५५ प्रतिशत छात्रा रहेका छन्।

शिलान्यास समारोहमा बोल्दै भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ देखि भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेको जानकारी दिए।

कोशी प्रदेशमा मात्रै ९१ वटा परियोजना सञ्चालित छन्। उनले भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको पनि बताए। जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस प्रदान गरिएको छ।

सांसद ज्ञानेन्द्र बहादुर कार्की, मेयर केदार भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भारत सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निर्माण भइरहेको पूर्वाधारले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यलाई प्रतिबिम्बित गर्दै यो परियोजनाले सुनसरी क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register