युक्रेन युद्धविराम गर्न तयार, अमेरिकाले फेरि सहायता सुरु गर्ने

काठमाडौं । युक्रेनले रुससँग तत्काल युद्धविरा गर्न अमेरिकाले प्रस्ताव स्वीकार गरेको छ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्ताको एक दिनपछि युक्रेनले यस्तो बताएको हो । युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको बीबीसीकाे समाचारमा जनाइएकाे छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो प्रस्ताव रुससमक्ष राख्ने बताएका छन् । उनले भने, ‘अब बल रुसको […]

Mar 12, 2025 - 02:30
 0
युक्रेन युद्धविराम गर्न तयार, अमेरिकाले फेरि सहायता सुरु गर्ने

काठमाडौं । युक्रेनले रुससँग तत्काल युद्धविरा गर्न अमेरिकाले प्रस्ताव स्वीकार गरेको छ । साउदी अरेबियामा अमेरिकासँग भएको वार्ताको एक दिनपछि युक्रेनले यस्तो बताएको हो ।

युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको बीबीसीकाे समाचारमा जनाइएकाे छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो प्रस्ताव रुससमक्ष राख्ने बताएका छन् । उनले भने, ‘अब बल रुसको कोर्टमा छ ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब युद्धविरामका लागि रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका छन् ।

करिब दुई हप्ताअघि अमेरिकी राष्ट्रपतिको कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच भएको विवादपछि मङ्गलबार दुई देशबीचको पहिलो आधिकारिक बैठक साउदी अरेबियामा भएको थियो ।

संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनसँग तुरुन्तै गोप्य जानकारी र सुरक्षा सहयोग सुरु गर्ने पनि बताएको छ ।

ट्रम्प र जेलेन्स्कीबीचको बेमेलपछि अमेरिकाले यसमा प्रतिबन्ध लगाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register