आर्मीलाई सोझो सेटमा हराउँदै पुलिस एलिमिनेटरमा

काठमाडौं । पाँचौं टाइगर कप भलिबलको महिलातर्फ नेपाल पुलिस त्रिभुवन आर्मीलाई पराजित गर्दै एलिमिनेटरमा पुगेको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा मङ्गलबारको भएको खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । हार्ने टोलीको समूहमा रहेको पुलिस आफ्नो सबै लिग खेल जितेर एलिमिनेटरमा स्थान पक्का गरेको हो । पुलिसले आर्मीलाई पहिलो सेटमा २५–१८, दोस्रोमा […]

Jan 28, 2025 - 05:24
 0
आर्मीलाई सोझो सेटमा हराउँदै पुलिस एलिमिनेटरमा

काठमाडौं । पाँचौं टाइगर कप भलिबलको महिलातर्फ नेपाल पुलिस त्रिभुवन आर्मीलाई पराजित गर्दै एलिमिनेटरमा पुगेको छ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा मङ्गलबारको भएको खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

हार्ने टोलीको समूहमा रहेको पुलिस आफ्नो सबै लिग खेल जितेर एलिमिनेटरमा स्थान पक्का गरेको हो ।

पुलिसले आर्मीलाई पहिलो सेटमा २५–१८, दोस्रोमा २५–२१ र तेस्रोमा २५–१९ ले पराजित गर्‍यो ।

‘हार्ने समूह’ बाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै पुलिस एलिमिनेटरमा प्रवेश गरेको हो ।

यसअघि  लिगमा पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो ।

आर्मी र ट्राभल इन्क्वारीको एक खेल अगावै प्रतियोगितामा यात्रा समाप्त भएको छ ।  दोस्रो क्वालिफायरमा स्थान बनाउन पुलिसले ‘जित्ने समूह’ को तेस्रो हुने टोलीसँग खेल्नेछ ।

अर्को खेलमा महिलातर्फ टिप टप न्यू डायमण्ड स्पोटर्स क्लब र आयोजक टाइगर ग्रूपबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register