चार दिनदेखि सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो । सुन आज तोलाको १ लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँ, मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ […]

Feb 20, 2025 - 05:17
 0
चार दिनदेखि सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो ।

सुन आज तोलाको १ लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँ, मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register