नाफा कमाउने मामिलामा ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

मुम्बई, २८ फागुन । औरंगजेबको दमन र संभाजी महाराजको वीरताको कथा भन्ने बलिउड फिल्म ‘छावा’ले भारतीय बक्सअफिसमा अहिले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । प्रदर्शनको २६ औं दिनमा पनि फिल्मले करोडौंको ब्यापार गरिरहेको छ । ४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर [...] The post नाफा कमाउने मामिलामा ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो appeared first on Jhapa Online.

Mar 12, 2025 - 08:52
 0
नाफा कमाउने मामिलामा ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

मुम्बई, २८ फागुन । औरंगजेबको दमन र संभाजी महाराजको वीरताको कथा भन्ने बलिउड फिल्म ‘छावा’ले भारतीय बक्सअफिसमा अहिले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । प्रदर्शनको २६ औं दिनमा पनि फिल्मले करोडौंको ब्यापार गरिरहेको छ ।

४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भन्दा पछाडि अवश्य छ । विश्वभर ७०० करोड र भारतमा ५०० करोड क्लबमा प्रवेश गरेको विक्की कौशलको फिल्मको व्यापार वास्तवमै अकल्पनीय छ ।

लक्ष्मण उतेकर निर्देशित फिल्म सन् २०२५ को हालसम्मको घरेलु र विश्वव्यापी बक्सअफिसमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ । फिल्मको बजेट १३० करोड भारु रहेको बताइएको छ । यस हिसाबले मुलुकमा मात्रै ४ गुणाभन्दा बढी कमाइ गरिसकेको छ ।

सबैभन्दा पहिले, २६ औं दिनको कमाई गणना गरौं । भारतीय बक्सअफिसको डेटा मूल्यांकन गर्ने एजेन्सी सक्निल्कका अनुसार मंगलबार ‘छावा’ले मुलुकभर ५ करोड १५ लाख भारु नेट कमाएको छ । जसमध्ये हिन्दीमा करिब ४ करोड र तेलुगु संस्करणबाट १।१५ करोड रुपैयाँ कमाएको छ ।

२६ दिनमा फिल्मको कुल कलेक्सन अहिले ५३०।९५ करोड भारु पुगेको छ । विश्वव्यापी कलेक्सनका हिसाबले ‘छावा’ले करिब ७२० करोड भारुको ग्रस कलेक्सन गरेको छ । जसमध्ये विदेशमा कुल आम्दानी करिब ८५ करोड ५० लाख भारु छ ।

नाफाको हिसाबले यो फिल्मले अर्को बलिउड फिल्म ‘स्त्री २’बाहेक सन् २०२४ मा रिलिज भएका सबै फिल्मलाई पछाडि छाडेको छ । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ पनि पछाडि परेको छ । १३० करोड भारु बजेटमा बनेको पिरियड ड्रामाले भारतीय बक्स अफिसमा हिन्दी संस्करणबाट करिब ३९० करोड भारु कमाएको छ । यो कमाइ लगानीको तुलनामा ३००५ प्रतिफल हो ।

‘पुष्पा २ः द रुल’ को कुल बजेट ४००–५०० करोड भारु थियो । हिन्दी संस्करणमा, यो फिल्मले ८१२.१४ करोड भारु लाइफटाइम कलेक्सन गरेको थियो । हिन्दी संस्करणको बजेट २०० करोड भारु मान्ने हो भने ‘पुष्पा २’ले लगानीमा ३०६.०७ प्रतिशत नाफा कमाएको थियो ।

चाखलाग्दो कुरा के छ भने ‘छावा’ अहिले पनि हलमा चलिरहेको छ । ‘पुष्पा २’ को यो लाइफटाइम कलेक्सन हो । यसको अर्थ ‘छावा’को आम्दानीमा अझै वृद्धि हुने देखिन्छ । नाफा कमाउने खेलमा अल्लु अर्जुनको फिल्मलाई ‘छावा’ले हराएको छ ।

नाफा कमाउने मामिलामा अहिले पनि ‘स्त्री २’ शीर्षस्थानमा छ । सन् २०२४ मा रिलिज भएको यो हरर कमेडी फिल्मको बजेट ६० करोड भारु थियो । यसले भारतमा मात्रै ५९७.९९ करोड भारु कमायो । घरेलु बजारमा मात्रै ५३७.९९ करोड रुपैयाँ नाफा कमायो जुन जुन कुल लगानीको ८९६.६५ प्रतिशत हो ।एजेन्सी

The post नाफा कमाउने मामिलामा ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register