सेवारो साकोसको साधारणसभामा असल कारोबारी तथा कर्मचारी सम्मानित
शिवसताक्षी, २५ पुस । झापा शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शिवसताक्षी ११ स्थित भुपु सैनिक संघको सभाहलमा कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको हो । वि.स. २०६३ सालमा विधिवत रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवा, सुन्सरीमा दर्ता गरी [...] The post सेवारो साकोसको साधारणसभामा असल कारोबारी तथा कर्मचारी सम्मानित appeared first on Jhapa Online.

शिवसताक्षी, २५ पुस । झापा शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शिवसताक्षी ११ स्थित भुपु सैनिक संघको सभाहलमा कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको हो ।
वि.स. २०६३ सालमा विधिवत रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवा, सुन्सरीमा दर्ता गरी सुरु भएको सहकारी आज सम्म आइपुग्दा ५८१ शेयर सदस्य बनाउन सफल भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा देवी मगरले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा विभिन्न संकट परेता सहकारीले आफ्नो काम निरन्तर गर्दै वित्तीय क्षेत्र चलायमान बनाउन सफल भएको बताइन् ।
उनले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नु पर्दैन भन्ने खालका भ्रम जस्ता विषयहरु समाजमा फैलिदा ऋण असुली समस्या रहेको यसले सहकारी सञ्चालनमा समस्या उन्पन्न भएको जानकारी दिइन् ।
संस्थाले आ.व. २०८०÷०८१ सम्म आइपुग्दा २७ लाख ५१ हजार ५४३ जगेडा कोष बनाउन सफल भएको छ । त्यस्तै संस्थाको हाल संस्थामा ७४ लाख ५१ हजार ५०० शेयर पुँजी रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थामा असल कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । असल बचत कर्ताको रुपमा चन्द्रकुमारी भण्डारी, ज्याजलिन राई, असल ऋणी तर्फ सुधिर राई, संस्थाको ज्येष्ठ सदस्यको रुपमा नेत्रप्रसाद ढकाल र असल कर्मचारीका रुपमा सपना मगरलाई सम्मान गरिएको संस्थाका व्यवस्थपक पूर्णमाया राईले जानकारी दिइन् ।
संस्थाले संस्थाका सदस्यहरु सुत्केरी भएको अवस्थामा उनीहरुलाई सुत्केरी खर्च प्रदान गर्दै आएको जानकारी गराएको छ जसमा आ.व. २०८०÷०८१मा ६ जना सदस्यहरुलाई सुविधा प्रदान गरिएको हो ।
संस्थाले ५० कित्ता भन्दा बढी शेयर हुने सदस्यहरुलाई सुत्केरी सुविधा प्रदान गरिदै आएको जनाएको छ । त्यस्तै बालबालिकाहरुलाई बचत गर्नु पर्छ भन्ने भावनाको विकासका लागि बाल बचत कर्ताहरुको जन्म दिनमा केक प्रदान गर्दै आएको छ । संस्थामा एक वर्ष भित्र १५ हजार भन्दा बढी बचत गर्ने बालबालिकाहरुको जन्म दिनमा केक उपहार पठाउने गरेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
साधारण सभामा प्रमुख अतिथि तथा कोशी प्रदेश बचत संघकी बरिष्ठ उपाध्यक्ष तथा झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चन्द्रा खड्का भट्टराईले कतिपय सहकारीले आफ्नो कारोबार व्यवस्थित गर्न नसक्दा समस्या आएको बताइन् । सहकारीले आफ्नो विनियम अनुसार चल्ने र शेयर सदस्यहरुले सहकारीको अनुशासन भित्र बस्ने हो भने, वित्तीय संस्थाहरु धरासायी नहुने उनको भनाई थियो । संस्थाहरुमा कारोबार कम हुँदै जाने अवस्था आयो भने, एउटै उद्देश्य भएका सहकारीहरुमा मर्च गरेर भएपनि वित्तीय संस्थाहरुलाई चलायमान बनाउन सकिने उनले बताइएकी थिइन् ।
संस्थाले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको छ । मायाको चिनोको रुपमा विभिन्न कार्यक्रम संस्थाको नाम सहितको काठको अन्य सामाग्रीहरु प्रदान प्रचलन बढ्दै गएका बेला त्यस्ता सामाग्रीहरुलाई निरुत्साहित गर्दै सहकारीले अतिथिहरुलाई स्वस्थ्य वर्धक मह प्रदान गरेको थियो ।
कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, संस्थाका पूर्व अध्यक्ष लाहानसिं तुम्बापो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक पूर्णमाया राईले गरेकी थिइन् ।
The post सेवारो साकोसको साधारणसभामा असल कारोबारी तथा कर्मचारी सम्मानित appeared first on Jhapa Online.
What's Your Reaction?






