प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल–६’ को उपाधि

झापा, २० बैशाख । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को छैटौं संस्करणको उपाधि प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका धादिङका पाण्डे विजेता बनेका हुन्। उपाधिसँगै पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १–१ लाख रुपैयाँ जिते। त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित [...] The post प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल–६’ को उपाधि appeared first on Jhapa Online.

May 3, 2025 - 03:15
 0
प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल–६’ को उपाधि

झापा, २० बैशाख । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को छैटौं संस्करणको उपाधि प्रशेष पाण्डेले जितेका छन्।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका धादिङका पाण्डे विजेता बनेका हुन्। उपाधिसँगै पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १–१ लाख रुपैयाँ जिते।

त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित हुँदा कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बने। कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।

समारोहमा सबै कोचसहित ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेर र इन्द्रकला राईले प्रस्तुति दिएकी थिइन्। लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरीले यही सिजनमा मात्र कोचको रूपमा प्रवेश गरेका थिए।

The post प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल–६’ को उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register