बेलायतको स्थानीय निर्वाचनमा पराजित भए डा कैनी

लन्डन – बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार नेपाली मूलका डा बच्चुकैलाश कैनी पराजित भएका छन्। शुक्रबार घोषित मतपतिणामअनुसार सत्तारुढ लेबर पार्टीका तर्फबाट डाटफोर्ड काउन्टी काउन्सिलका उम्मेदवार कैनी तेस्रो बनेका हुन्। ४ हजार ३ सय ४१ मत खसेको क्षेत्रमा रिफर्म यूकेका उम्मेदवार १६ सय १५ मतसहित विजयी भएका छन्। यसअघिको निर्वाचन जितेको कन्जरभेटिभ पार्टीका उम्मेदवार […]

May 2, 2025 - 17:00
 0
बेलायतको स्थानीय निर्वाचनमा पराजित भए डा कैनी

लन्डन – बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार नेपाली मूलका डा बच्चुकैलाश कैनी पराजित भएका छन्।

शुक्रबार घोषित मतपतिणामअनुसार सत्तारुढ लेबर पार्टीका तर्फबाट डाटफोर्ड काउन्टी काउन्सिलका उम्मेदवार कैनी तेस्रो बनेका हुन्।

४ हजार ३ सय ४१ मत खसेको क्षेत्रमा रिफर्म यूकेका उम्मेदवार १६ सय १५ मतसहित विजयी भएका छन्।

यसअघिको निर्वाचन जितेको कन्जरभेटिभ पार्टीका उम्मेदवार १ हजार ५ सय ४७ मत ल्याएर दोस्रो स्थानमा आएका छन्। लेबर उम्मेदवार डा कैनी ८ सय मतसहित तेस्रो भएका छन्।

डा कैनी बेलायतको संसदीय निर्वाचनमा पनि लेबर पार्टीकै तर्फबाट निर्वाचन लडेर उपविजेता बनेका थिए। त्यसअघि भने उनी डार्टफोर्ड बरोमा काउन्सिलर निर्वाचित भएका थिए।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register