मौरिससबाट मोदीले घोषणा गरे ‘महासागर’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’को समग्र वृद्धि र विकासका लागि महत्वाकाङ्क्षी दृष्टिकोण (Vision) घोषणा गरेका छन् । मौरिसस भ्रमणमा रहेका मोदीले ‘महासागर’ ‘MAHASAGAR’ (Mutual and Holistic Advancement for Security and Growth Across Regions) अर्थात् क्षेत्रहरूमा सुरक्षा र वृद्धिका लागि पारस्परिक र समग्र उन्नति अवधारणा’ घोषणा गरेका हुन् । “हाम्रो ग्लोबल साउथका लागि […]

Mar 12, 2025 - 10:45
 0
मौरिससबाट मोदीले घोषणा गरे ‘महासागर’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’को समग्र वृद्धि र विकासका लागि महत्वाकाङ्क्षी दृष्टिकोण (Vision) घोषणा गरेका छन् ।

मौरिसस भ्रमणमा रहेका मोदीले ‘महासागर’ ‘MAHASAGAR’ (Mutual and Holistic Advancement for Security and Growth Across Regions) अर्थात् क्षेत्रहरूमा सुरक्षा र वृद्धिका लागि पारस्परिक र समग्र उन्नति अवधारणा’ घोषणा गरेका हुन् ।

“हाम्रो ग्लोबल साउथका लागि दृष्टिकोण महासागर पारस्परिक र समग्र उन्नति, सुरक्षा र वृद्धिका लागि हुनेछ,” मोदीले भने, “हाम्रो दृष्टिकोण व्यापारलाई विकासका लागि, दिगो वृद्धिका लागि क्षमता निर्माण, र साझा भविष्यका लागि पारस्परिक सुरक्षामा केन्द्रित हुनेछ ।”

उनले १० वर्षअघि भारतको ‘सागर’ ‘ SAGAR’-‘Security and Growth for All in the Region’ अर्थात् ‘क्षेत्रका सबैका लागि सुरक्षा र विकासको अवधारणा पनि यही मौरिससबाट प्रस्तुत गरिएको स्मरणसमेत गरे ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मौरिससका प्रधानमन्त्री प्रविन्द जुग्नौथले ८ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register