देउवालाई शेखर कोइरालाले भने – ओली सरकारको गलत कामलाई गलत भन्न सक्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीहरुले ओली सरकारको गलत कार्य जनतामा ल्याउनुपर्ने कोइरालाले बताए । उनले भने, “सभापतिज्युसँग कुरा गर्दा पटक-पटक कुरा गर्दा उहाँले ओलीजीलाई किन गलत भन्ने, केही नबोल्ने, […]

Feb 10, 2025 - 09:18
 0
देउवालाई शेखर कोइरालाले भने – ओली सरकारको गलत कामलाई गलत भन्न सक्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्रीहरुले ओली सरकारको गलत कार्य जनतामा ल्याउनुपर्ने कोइरालाले बताए ।

उनले भने, “सभापतिज्युसँग कुरा गर्दा पटक-पटक कुरा गर्दा उहाँले ओलीजीलाई किन गलत भन्ने, केही नबोल्ने, एमालेलाई किन भन्ने, केही पनि नबोल्ने ? भन्नुभयो । त्यसरी हुँदैन । गलतलाई गलत भन्न सक्नुपर्छ ।”

गलतलाई गलत भन्न नसके काङग्रेस समाप्त हुने उनको भनाइ छ । साथै, उनले अध्यादेशबाट देश चल्नु भएको निरङ्कुशताको प्रस्थानबिन्दु भएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register