सरकारका प्रवक्ता गुरुङ भन्छन् – शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । भट्टराई अस्वस्थ भएकोले मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको गुरुङको भनाइ छ । उनले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने विषय सरकारको जानकारीमा छैन । राजीनामा […]

Apr 23, 2025 - 11:42
 0
सरकारका प्रवक्ता गुरुङ भन्छन् – शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराई अस्वस्थ भएकोले मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको गुरुङको भनाइ छ ।

उनले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने विषय सरकारको जानकारीमा छैन । राजीनामा दिएको भए सरकारका प्रवक्ता र मन्त्रिपरिषद्लाई थाहा हुन्थ्यो। आजसम्म उहाँले राजीनामा दिनुभएको हामीलाई जानकारी छैन। उहाँ सम्भवतः अस्वस्थ हुनुहुन्छ, त्यसैले उपस्थित हुन नसक्नुभएको हो।”

गुरुङले थपे, “बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको होला ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register