प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन संवाद- विपिनको रिहाइका लागि आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग टेलिफोन संवाद गरेका छन् । बुधबार साँझ भएको टेलिफोन संवादमार्फत प्रधानमन्त्री ओलीले  हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल र शिघ्र रिहाइको भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए। […]

Mar 12, 2025 - 16:31
 0
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन संवाद- विपिनको रिहाइका लागि आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग टेलिफोन संवाद गरेका छन् ।

बुधबार साँझ भएको टेलिफोन संवादमार्फत प्रधानमन्त्री ओलीले  हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल र शिघ्र रिहाइको भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए।

उनले इजरायलमाथि आक्रमणका क्रममा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिका  महत्त्वपूर्ण भएको उल्लेख गरेका थिए । प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे ।

सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे । वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे । नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो ।

संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुई देशबिचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो । रासस

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register