आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं । शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा भएको हो । देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । महासङ्घको विज्ञप्तिमा लेखिएको छ, “यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट […]

Apr 6, 2025 - 06:00
 0
आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं । शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा भएको हो ।

देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

महासङ्घको विज्ञप्तिमा लेखिएको छ, “यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।”

शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनले शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register