कनकाईमा सवारी दुर्घटनाबाट घाइतेको उपचारको क्रममा मृत्यु

झापा, २९ फागुन । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ । बुधबार साँझ जामुनबारीबाट सुरुङ्गा तर्फ जाँदै गरेको साइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८०९१ नं. को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकल यात्री कनकाई–२ का १९ वर्षीय सलिन कार्की, मोटरसाइकल [...] The post कनकाईमा सवारी दुर्घटनाबाट घाइतेको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

Mar 13, 2025 - 10:54
 0
कनकाईमा सवारी दुर्घटनाबाट घाइतेको उपचारको क्रममा मृत्यु

झापा, २९ फागुन । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु भएको छ ।

बुधबार साँझ जामुनबारीबाट सुरुङ्गा तर्फ जाँदै गरेको साइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१३ प ८०९१ नं. को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा साइकल यात्री कनकाई–२ का १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए ।

दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा सबिन तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । अर्को घाइते सलिन कार्की सामान्य रहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post कनकाईमा सवारी दुर्घटनाबाट घाइतेको उपचारको क्रममा मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register