एकीकृत समाजवादीले सरकारविरुद्ध घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै पार्टीले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनले भने, “बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो । राष्ट्रिय पुँजीको विकास गर्दै […]

Mar 14, 2025 - 07:56
 0
एकीकृत समाजवादीले सरकारविरुद्ध घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै पार्टीले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनले भने, “बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो । राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान हो ।”

यस्तो छ आन्दोलनको कार्यक्रम – 

  • चैत्र १ गते पत्रकार सम्मेलन
  • चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल
  • चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव सङ्कलन
  • चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने
  • चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
  • बैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने
  • बैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
  • बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने
  • बैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।



 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register