नीति तथा कार्यक्रमले सत्तापक्षमा नै उत्साह छैन, सच्याइयोस् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रस्तुत भएको नीति तथा कार्यक्रम सच्याउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले नीति तथा कार्यक्रमको छलफललाई कर्मकाण्डी बनाएकोसमेत आरोप लगाए । उनले भने, “मैले यही सम्मानित संसद्‌मा माननीय सांसदका मतहरुलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको […]

May 5, 2025 - 08:58
 0
नीति तथा कार्यक्रमले सत्तापक्षमा नै उत्साह छैन, सच्याइयोस् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रस्तुत भएको नीति तथा कार्यक्रम सच्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले नीति तथा कार्यक्रमको छलफललाई कर्मकाण्डी बनाएकोसमेत आरोप लगाए ।

उनले भने, “मैले यही सम्मानित संसद्‌मा माननीय सांसदका मतहरुलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ । सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतिको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो ।”

सरकारले दुई तिहाइको आडमा नीति तथा कार्यक्रम र बजेटमा निरङ्कुशता लाद्न खोजेको प्रचण्ड बताउँछन् ।

“सरकारले आफ्नो चरित्र देखायो र गत वर्षको प्रावधानलाइ खारेज गरियो । सरकारसँग सङ्ख्याको दम्भ छ, जे गरेपनि हुन्छ भन्ने निरङ्कुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसद्‌मा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो । फेरि एउटा औपचारिकतामा यसलाइ प्रस्तुत गरियो । म प्रतिपक्षी दलको नेताको हैसियतले यसको विरोध गर्दछु र सच्याउन माग गर्दछु,” उनले भने ।

सत्तासीन सांसदहरुमा नीति तथा कार्यक्रमप्रति आशा र उत्साह पैदा नभएको उनको भनाइ छ ।

“सत्तासीन सांसदहरुमा नै नीति तथा कार्यक्रमप्रति आसा र उत्साह पैदा हुन सक्दैन भने आम जनताका लागि यसले सन्तुष्ट हुने ठाउँ कतै देखिन्न । छलफलमा नजाँदै देखिएका यी परिदृष्यहरुले यो नीति तथा कार्यक्रम कस्तो र कसका लागि आएछ भन्ने अनुमान लगाउन सकिन्छ,” प्रचण्डले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register