हरेक क्षण च्याम्पियन्स लिगको उपाधि उचालेको सपना देख्छु : मार्टिनेज

काठमाडौं । इटालियन फुटबल क्लब इन्टर मिलानका कप्तान लाउटारो मार्टिनेजले आफूले हरेक क्षण च्याम्पियन्स लिगको उपाधि उचालेको सपना देख्ने गरेको बताएका छन् । टीएनसी स्पार्ट्ससँग कुरा गर्दै अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजले पेरिस सेन्ट जर्मेन (पीएजी)लाई हराएर इन्टरले नै उपाधि जित्ने आफूमा विश्वास रहेको बताए । ‘कप्तानको आर्मब्यान्ड लगाएर च्याम्पियन्स लिगको ट्रफी उठाउने सपना म हरेक दिन […]

May 28, 2025 - 09:13
 0
हरेक क्षण च्याम्पियन्स लिगको उपाधि उचालेको सपना देख्छु : मार्टिनेज

काठमाडौं । इटालियन फुटबल क्लब इन्टर मिलानका कप्तान लाउटारो मार्टिनेजले आफूले हरेक क्षण च्याम्पियन्स लिगको उपाधि उचालेको सपना देख्ने गरेको बताएका छन् ।

टीएनसी स्पार्ट्ससँग कुरा गर्दै अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजले पेरिस सेन्ट जर्मेन (पीएजी)लाई हराएर इन्टरले नै उपाधि जित्ने आफूमा विश्वास रहेको बताए ।

‘कप्तानको आर्मब्यान्ड लगाएर च्याम्पियन्स लिगको ट्रफी उठाउने सपना म हरेक दिन देख्छु । आशा छ १५ वर्षपछि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौं,’ उनले भने ।

क्लबको हरेक कुनामा अर्जेन्टिनी लिजेन्ड जाभियर जेनेट्टीको जस्तै आफ्ना पनि पोस्टरहरू रहुन् भन्ने चाहना आफ्नो रहेको मार्टिनेजले बताए ।

इन्टरले यसअघि जेनेट्टीको नेतृत्वमा सन् २०१० मा च्याम्यिन्स लिगको तेस्रो उपाधि जितेको थियो । त्यसयता ऊ फाइनलमा पुगेर हार्दै आएको छ ।

यद्यपि यही जेठ १९ गते इन्टर र फ्रेन्च क्लब पीएसजीबीच फाइनल भिडन्त हुँदैछ । यही फाइनल जित्नु मार्टिनेजको सपना हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register