सईमाथि बालिका बलात्कारकाे आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । सई सिंह वडा नम्बर ४ पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् । उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले प्रदर्शन गर्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका छन् । स्थानीयहरूले पोष्ट घेराउ गरेपछि […]

Mar 14, 2025 - 09:29
 0
सईमाथि बालिका बलात्कारकाे आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

सई सिंह वडा नम्बर ४ पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् ।

उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले प्रदर्शन गर्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका छन् ।

स्थानीयहरूले पोष्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।

सो क्रममा प्रहरी पोष्ट तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच झडप भएर तनाव उत्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुर्व्यहार भएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register