माधवसँगको भेटपछि वामदेवले भने – नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने कुरा भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता निष्कर्षविहीन भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको थियो । बैठकमा एकताबारे कुराकानी भएको नेता गौतमले बताए । बैठकपछि बोल्दै गौतमले भने, ‘पुराना संस्करण जिवित गर्ने कुरा भयो । नयाँ आकाशतर्फ फेरि हिँड्न […]

Dec 30, 2024 - 10:21
 0
माधवसँगको भेटपछि वामदेवले भने – नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने कुरा भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता निष्कर्षविहीन भएको छ ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको थियो ।

बैठकमा एकताबारे कुराकानी भएको नेता गौतमले बताए ।

बैठकपछि बोल्दै गौतमले भने, ‘पुराना संस्करण जिवित गर्ने कुरा भयो । नयाँ आकाशतर्फ फेरि हिँड्न पर्छ भन्ने कुरा भयो । अनि आजलाई बैठक स्थगित भयो ।’

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ । नेकपा एकता राष्ट्रिय अभियानले एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register