ट्रम्पका विशेष दूतले भेटे पुटिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले मस्कोमा शुक्रबार भएको भेटबारे जानकारी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो र राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेका छन् ।” पेस्कोभले पुटिन […]

Mar 14, 2025 - 11:50
 0
ट्रम्पका विशेष दूतले भेटे पुटिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले मस्कोमा शुक्रबार भएको भेटबारे जानकारी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो र राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गरेका छन् ।”

पेस्कोभले पुटिन र ट्रम्प चाँडै भेट्ने बताए । यद्यपि, उनले यो बैठक कहिले हुनेछ भनेर भनेनन् ।

उनले थपे, “स्टीभ अमेरिका फर्केपछि उनी ट्रम्पलाई भेट्नेछन् र पुटिनसँगको भेटको अपडेट दिनेछन् । त्यसपछि ट्रम्प र पुटिनबीचको भेटको मिति तय गरिनेछ ।”

यद्यपि, उनले दुवै नेताले यस विषयमा सँगै छलफल गर्नुपर्नेमा सहमति भएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register