अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने युवराज घिमिरे पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. घर भई  हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ  नगरपालिका वडा नं. बस्ने ३४ वर्षीय  युवराज घिमिरे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत […]

Mar 16, 2025 - 07:20
 0
अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने युवराज घिमिरे पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. घर भई  हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ  नगरपालिका वडा नं. बस्ने ३४ वर्षीय  युवराज घिमिरे रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत १ गते टेकुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घिमिरेले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि अल्बानिया पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहिन भएका थिए ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि  वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register