ब्राउनसुगरसहित छ जना पक्राउ
झापा, ३ चैत । झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ [...] The post ब्राउनसुगरसहित छ जना पक्राउ appeared first on Jhapa Online.

झापा, ३ चैत । झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत २ गते विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिस तामाङ, २० वर्षीय रोहन निरौला, २६ वर्षीय मानव लिम्बूलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका–४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
The post ब्राउनसुगरसहित छ जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






