कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविद्वारा उच्च अदालतमा निवेदन दर्ता, धरौटी बदर गर्न माग 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।  उनले जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।  उनी सोमबार जिल्ला अदालतको आदेशमा धरौटी रकम उच्च भएको र साधारण तारेखमा नै छोड्नुपर्ने मागसहित उच्च अदालत पुगेका छन् । रविलाई […]

Jan 27, 2025 - 10:14
 0
कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविद्वारा उच्च अदालतमा निवेदन दर्ता, धरौटी बदर गर्न माग 

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । 

उनले जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका हुन् । 

उनी सोमबार जिल्ला अदालतको आदेशमा धरौटी रकम उच्च भएको र साधारण तारेखमा नै छोड्नुपर्ने मागसहित उच्च अदालत पुगेका छन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

यता काठमाडौँ जिल्ला अदालतले उनलाई ६५ लाख र रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छोड्न आदेश दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register