चार महिनामै ३० लाखले बढे टेलिकमको मोबाइल डेटाका ग्राहक
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पछिल्लो चार महिनामा मोबाइल डेटा तर्फ करिब ३० लाख नयाँ ग्राहक थप्न सफल भएको छ । प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार कम्पनीले असोजपछिको चार महिनामा डेटा सेवामा २९ लाख ९७ हजार ३८१ नयाँ ग्राहक बनाएको हो । यस अवधिमा कम्पनीले थ्रिजी तर्फ ५ लाख ४५ हजार ३३१ र फोरजीमा १८ लाख ५२ हजार ५० नयाँ ग्राहक बनाएको छ । उसले पछिल्लो दुई महिनामा मात्रै एक लाख १७ हजार २५९ नयाँ डेटा प्रयोगकर्ता थप्न सफल भएको छ । उता निजी दूरसञ्चार कम्पनी एनसेलले भने डेटा सेवामा पनि आफ्नो बज...

What's Your Reaction?






