स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु निर्वाचनमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दे यस्तो निर्देशन दिएका हुन् । ‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने […]

Mar 16, 2025 - 13:35
 0
स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु निर्वाचनमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दे यस्तो निर्देशन दिएका हुन् ।

‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहृलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

स्ववियु चुनाव  ५ चैतमा हुँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register